स्थानीय तहको उपनिर्वाचन मंसिर १४ मै

स्थानीय तहको उपनिर्वाचन मंसिर १४ मै


श्रावण १९ काठमाडौँ – सरकारले स्थानीय तहका रिक्त रहेका स्थानहरुमा मसिंर १४ मै निर्वाचन गराउने भएको छ । निर्वाचन आयोगले उक्त मितिमा निर्वाचन गराउन उपयुक्त हुने सिफारिस सरकारलाई गरेको थियो ।

निर्वाचन आयोगले गत बिहीबार राजनीतिक दलहरुसँगको परामर्शपछि सरकारलाई आफ्नो परामर्शसहितको मंसिर १४ गते निर्वाचन गर्न सिफारिस गरेको थियो। त्यही सिफारिसको आधारमा सरकारले निर्वाचनको मिति घोषणा गरेकोसरकारका प्रवक्ता एवं सञ्चार तथासूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बताए ।

स्थानीय तहको उपनिर्वाचन सरकारले घोषणा गर्ने र प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचन निर्वाचन आयोगले नै तोक्ने व्यवथा रहेको मन्त्री बाँस्कोटाले बताए ।

मुलुकभर तीनवटै तहमा कुल ५० स्थानमा जनप्रतिनिधहरु रिक्त छन्। प्रतिनिधिसभा सदस्य–१, प्रदेशसभा सदस्य–३, नगरपालिका प्रमुख– १, गाउँपालिका अध्यक्ष–३, गाउँपालिका उपाध्यक्ष–१ र वडाध्यक्ष–४१ पदहरु रिक्त छन्।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन दुई वर्ष अगाडिमा मसिंरमै भएको थियो। स्थानीय तह निर्वाचन भने त्यो भन्दा अगाडि बैशाखदेखि असोजसम्म तीन चरणमा सम्पन्न भएको थियो।

प्रतिक्रिया