अभिनेत्री शुभद्रा अधिकारीको ७२ वर्षको उमेरमा निधन

अभिनेत्री शुभद्रा अधिकारीको ७२ वर्षको उमेरमा निधन

काठमाडौं, साउन ३२ गते । वरिष्ठ अभिनेत्री शुभद्रा अधिकारीको ७२ वर्षको उमेरमा आज विहान ८ बजे निधन भएको छ ।निमोनियाबाट पीडित अधिकारीको डल्लुस्थित आफ्नै निवासमा देहान्त भएको हो ।चारदशकदेखि कलाकारितामा सक्रिय अधिकारीले चिनो, कन्यादान, भाउजु, राजमतिलगायतमा अभिनय गर्नुभएको थियो ।

उहाँले नाटक गीतिनाटक, टेलिचलचित्र र भिडियो फिल्ममा पनि काम गर्नुभयो ।उहाँले आफ्नो पहिलो चलचित्र ‘मनको बाँध’मा अभियन यात्रा गर्नुभएको हो । अधिकारीलाई केही दिनअघि अस्पतालबाट डिस्चार्ज गरेर घरमा ल्याइएको थियो ।उहाँका एक छोरा र एक छोरी हुनुहुन्छ । पारिवारिक स्रोतका अनुसार उहाँलाई दिउँसो ३ बजे पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिँदैछ ।

प्रतिक्रिया