खुर्पा प्रहार गरी श्रीमतीको हत्या

खुर्पा प्रहार गरी श्रीमतीको हत्या

गोरखा भदौ १ : गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा श्रीमानले खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । शनिबार राति करिब १० बजेको समयमा २० वर्षीय याकुव परियारले आफ्नै श्रीमती १८ वर्षीया पुजा परियारलाई घाँटीमा खुर्पाले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । स्थानीयले प्रहरीलाई खबर गरेपछि याकुवलाई राति नै प्रहरीले नियन्त्रणमा लिएको छ । पुजाको शव पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा गोरखा लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया