७६ सहसचिवको एकैपटक सरुवा

७६ सहसचिवको एकैपटक सरुवा

काठमाडौं भदाै ९ : सरकारले एकै पटक ७६ सहसचिवको सरुवा गरेको छ ।  संघ अन्तर्गतका वरिष्ठ सहसचिवलाई सरुवा गरेर प्रदेश सचिवको जिम्मेवारी दिएको छ ।सरुवा हुनेमा प्रशासन सेवाका ५०, कृषि सेवाका सात, नेपाल इन्जिनियरिङ सेवाका ९ र नेपाल वन सेवाका १० जना गरी ७६ जना सहसचिव प्रदेश सचिवमा सरुवा भएका छन् । 

उनीहरुलाई विशेष सुविधासहित खटाइएको छ । उनीहरुले खरिदारसरहको निजी सचिव पनि पाउने छन् । बुधबारको मन्त्रिपरिषद् बैठकले वरिष्ठ सहसचिवलाई प्रदेश सचिवको रुपमा खटाउने निर्णय गरेपछि उनीहरूको सरुवा गरिएको संघीय ममिला तथा सामान्य प्रशासन मन्त्रालयका सूचना अधिकारी जीवलाल भुषालले जानकारी दिए ।

प्रतिक्रिया