बाल विवाह र छाउपडी

बाल विवाह र छाउपडी

दैलेख भदौ १४ । दैलेखका ११ स्थानीय तह छन् । चार नगरपालिका र सात गाउँपालिका रहेको दैलेखमा बाल विवाह र छाउपडी पर्थाबाट अछुतो छैन् । त्यसमध्येको एक हो भैरबी गाउँपालिका । तीन हजार नौ सय १७ घरधुरी रहेको गाउँपालिकामा २० हजार आठ सय ९५ जनसंख्या छ ।

१० हजार छ सय ३१ महिला र पाँच हजार नौ सय ९५ बालिकाको संख्या रहेको गाउँपालिका आर्थिक सामाजिक र राजनीतिक रुपमा पछाडीनै छ । बाल विवाहकै कारण कलिलै उमेरमा आमा बन्नु पर्ने अवस्था, महिनावारी हुँदा छाउगोठमा बस्नुपर्ने बाध्यतामा यहाँका महिलाहरु गुज्रिएका छन् ।

यिनै सवालमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख र भैरबी गाउँपालिका मार्फत जनचेतनामुलक कार्यक्रम संचालन गरि न्यूनिकरणको पहल थालिएको छ । एइआएनको सहयोगमा सञ्चालित आधार परियोजना मार्फत यहाँका युवाहरुलाई परिचालन गरि मर्यादित महिनावारीका लागि चेतनामुलक कार्यक्रम सञ्चालन भईरहेका छन् । यस्तै बाल विवाह र छाउपडी प्रर्था विरुद्ध अभियान संचालन भएका छन् ।
यिनै विषयलाई समेटेर पत्रकार विशाल सुनारको सहयोगमा तयार गरिएको भिडियो हेर्न तलको लिंक खोल्नुहोस् ।

प्रतिक्रिया