स्वास्थ्य उपचार गरेर फर्किए प्रधानमन्त्री

स्वास्थ्य उपचार गरेर फर्किए प्रधानमन्त्री

स्वास्थ्य उपचार गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वागत गर्दै मन्त्रीहरु।

काठमाडौं भदाै २० : प्रधानमन्त्री केपी ओली स्वदेश फर्किएका छन्।उनी १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्। प्रधानमन्त्रीलाई स्वागत गर्न रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, सभामुख कृष्णबहादुर महरासहित सरकारका उच्च तहका पदाधिकारीहरु विमानस्थलमा पुगेका थिए। यो पटक पनि प्रधानमन्त्रीले विमानस्थलमा पत्रकारसँग कुरा गर्न मानेन्।

प्रधानमन्त्रीसँगै नेकपाका सचिवालय सदस्य वामदेव गौतम, महासचिव विष्णु पौडेललगायत प्रधानमन्त्रीलाई भेट्न पुगेका नेताहरू पनि स्वदेश फर्किएका छन्। सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटलमा मिर्गौलाको फलोअप उपचारका लागि प्रधानमन्त्री ओली भदौ ५ गते त्यसतर्फ गएका थिए।

ओलीको सिंगापुरमा प्लाज्माफेरिससको उपचार विधिबाट मिर्गौलाको उपचार गरिएको थियो। दिन बिराएर गर्नुपर्ने प्लाज्माफेरेसिस उपचार विधि बुधबार सकिएको थियो। प्रधानमन्त्रीको स्वास्थ्य सामान्य र सुधारोन्मुख देखिएकाले उनी स्वदेश फर्किएका हुन्।

ओली यसअघि पनि सिंगापुरको सोही अस्पतालमा उपचार गर्न गएका थिए। त्यसबेला उनी एक साता उपचार गराएर साउन १८ मा फर्किएका थिए। १० दिनपछि प्रधानमन्त्री ओली फलोअप उपचारका लागि सिंगापुर गएका थिए। उनले सिंगापुरबाटै दुईपटक मन्त्रिपरिषद्का सदस्यसँग भिडियो कन्फरेन्स गरेका थिए।

प्रतिक्रिया