दैलेखको बारुदथानमा हेलिकप्टर आकस्मिक अवतरण

दैलेखको बारुदथानमा हेलिकप्टर आकस्मिक अवतरण

दैलेख : आकस्मिक अवतरण गरिएको माउन्टेन एयरको हेलिकप्टर ।

दैलेख भदौ २३ ।
माउन्टेन एयरको नाइनएन–एएलडी हेलिकप्टर दैलेखमा आकस्मिक अवतरण गरिएको छ । हुम्लाबाट सुर्खेतका लागि उडेको हेलिकप्टर खराब मौसमका कारण दैलेखको नारायण नगरपालिका–१ बारुदथानमा आकस्मिक अवतरण गरिएको हो । सोमवार हुम्लाबाट सुर्खेतका लागि उडेको हेलिकप्टर खराब मौषमका कारण करिब बिहान ८ बजे बारुदथानको खुल्ला चौरमा अवतरण गरेको प्रहरीले जनाएको छ । हेलिकप्टरमा चालक दलका तीन जना रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । मौसम सुधार आउने बित्तिकै हेलिकप्टर उड्ने प्रहरीको नायब उपरीक्षक हरिबहादुर ओलीले जानकारी दिए ।

प्रतिक्रिया