५५ घरधुरीमा सूचना टाँस

५५ घरधुरीमा सूचना टाँस

सूचना हेर्दै स्थानीय युवाहरु ।

दैलेख असोज २ ।
भैरबी गाउँपालिका–४ मा गठित समाज रुपान्तरण युवा कचहरीले बाल विवाह र छाउपडी प्रर्था उन्मुलन अभियान थालेको छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखद्धारा सञ्चालित आधार परियोजना मार्फत गठित युवा कचहरीले घरघरमा सूचना टाँसेर बाल विवाह र छाउपडी प्रर्था उन्मुलनको घरदैलो अभियान संचालन गरेको छ । कचहरीका सदस्य सिता विकको नेतृत्वमा अभियान संचालन गरिएको बताइएको छ ।
हाम्रो अभियानमा यहाँका दुई सय बढि स्थानीय महिला, बालबालिकाहरुले बाल विवाह गर्न नहुने र छाउपडीबारे जानकार भएको कचहरीका सदस्य विकले बताइन् । कचहरीको अभियानलाई स्थानीय अगुवाहरुले सहयोग प्रतिबद्धता जनाएका छन् । युवा कचहरीले घरघरमा पुगेर सूचना टाँस गरेसँगै समाज परिवर्तन हुने आशा गरिएको छ ।
भैरबी गाउँपालिका–४ को वडा कार्यालयलाई ध्यानाकर्षण गराई बाल विवाह र छाउपडी प्रर्था उन्मुलन गर्न वडा कार्यालयमा समेत सूचना टाँस गरिएको युवा कचहरीले जनाएकोे छ । परियोजनाकी सामाजिक परिचालक निर्मला नेपालीले बाल विवाह र छाउपडी प्रर्था उन्मुलनमा जागरुक बनेको बताइन् ।


प्रतिक्रिया