महिला आयोगमा घरेलु हिंसाका उजुरी धेरै

महिला आयोगमा घरेलु हिंसाका उजुरी धेरै

काठमाडौं ६ असोज, । राष्ट्रिय महिला आयोगमा पछिल्ला वर्षहरुमा महिला हिंसाका उजुरी बढेका छन् । हिजोआज दिनमा ६ देखि ८ वटासम्म महिला हिंसाका उजुरी पर्ने गरेको आयोगकी प्रवक्ता लक्ष्मी पाण्डे गौतमले बताइन् ।

आयोगमा २०७४ सालदेखि टेलिफोन नम्बर ११४५ मा फोन गरेर चौबिसै घण्टा उजुरी गर्न सकिने व्यवस्था गरेपछि उजुरी बढेको उनको भनाइ छ । पीडित महिलाले सार्वजनिक विदा र जुनसुकै समयमा फोन गरेर उजुरी गर्न सक्ने व्यवस्था गरिएको छ ।

उक्त हेल्पलाइनले आधारभूत स्वास्थ सेवा, हिंसामा परेका महिला तथा किशोरीलाई सुरक्षित आवास, कानुनी उपचार लगायतका सेवा पनि उपल्बध गराउँदै आएको छ ।आयोगमा परेका उजुरीमा धेरैजसो घरेलु हिंसाका छन् । आर्थिक बर्ष ०७५/७६ मा आयोगमा १ हजार ४ सय ६४ हिंसाका उजुरी परेकामा १ हजार ३ सय १८ घरेलु हिंसाका छन् । आर्थिक वर्ष २०७४/७५ मा ८ सय ३८ महिला हिंसाका उजुरी परेकामा ७ सय ६२ वटा घरेलु हिंसाका उजुरी थिए ।

यस्तै आयोगमा पछिल्लो समय लिभिङ टुगेदरको उजुरी पनि बढेको प्रवक्ता गौतमले बताइन् । लिभिङ टुगेदरको उजुरी बढनुको कारण भने वैदेशिक रोजगारी मुख्य रहेको उनको भनाइ छ । महिला हिंसा बढेपछि बालबालिकामा त्यसको असर देखिन्छ । यस्ता बालबालिकामा धेरै घुलमिल नहुने, पढाइमा ध्यान दिन नसक्ने समस्या देखिने गौतमले बताइन् ।

प्रतिक्रिया