पोखरा प्रिमियर लिग कात्तिक २६ गतेदेखि

पोखरा प्रिमियर लिग कात्तिक २६ गतेदेखि

असोज ०६, काठमाण्डौ । पोखरा प्रिमियर लिग (पीपीएल) को दोस्रो संस्करण आउँदो कात्तिक २६ गतदेखि मंसिर ७ गतेसम्म पोखरामा हुने भएको छ ।

पीपीएलको आयोजक क्वीन्स इमेन्ट्स म्यानेजमेन्टका कार्यकारी निर्देशक छुम्बी लामाले सोमबार प्रेस विज्ञप्तिमार्फत प्रतियोगिताबारे जानकारी गराउनु भएको हो ।

पोखरा प्रिमियर लिगको दोस्रो संस्करणमा पनि नेपालका ६ शहरका ६ फ्रेञ्चाइज टिमहरुको सहभागिता रहनेछ । जसमा विराटनगर टाइटन्स, पोखरा पल्टन, बुटवल ब्लास्टर, चितवन राइनोज, काठमाण्डौ रोयल्स र धनगढी ब्लूज रहेका छन् । प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरुका साथै केही चर्चित विदेशी खेलाडीसमेत आबद्ध हुनेछन् । गएको वर्ष घरेलु टोली पोखरा पल्टन च्याम्पियन भएको थियो ।

नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउन लागेको अवसरमा पोखरा प्रिमियर लिग आयोजनाबाट सकारात्मक सन्देश जाने कार्यकारी निर्देशक छुम्बी लामाले बताउनुभयो ।

प्रतिक्रिया