कक्षा ११ को पुरक कार्तिक ३० र मंसिर १ मा

कक्षा ११ को पुरक कार्तिक ३० र मंसिर १ मा

काठमाडौं  असाेज ७ । बोर्डले नतिजासँगै पूरक परीक्षाको तालिका पनि सार्वजनिक गरेको छ । आउँदो कार्तिक ३० गते शनिबार र मंसिर १ गते आइतबार गरी २ दिन पूरक परीक्षा हुने छ ।कार्तिक ३० गते शनिबारको दिन अनिवार्य अंग्रेजीको पूरक परीक्षा हुने छ ।

यसैगरी एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीको सबै विषय र दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयहरुमध्येको थोरै कोड नम्बर भएको विषयको परीक्षा पनि सोही दिन हुने बोर्डले जनाएको छ ।

मंसिर १ गते दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयहरु मध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा बोर्डले जनाएको छ ।

प्रतिक्रिया