भीरबाट खसेर अछाममा दुईजनाको ज्यान गयो


अछाम : भीरबाट खसेर दुईजनाको ज्यान गएको छ । रामारोशन गाउँपालिका ७ सुतारका १० वर्षीय अम्मर भण्डारी र बान्नीगढ जयगढ गाउँपालिका ६ दर्नाका ५२ वर्षीय नारायण शाहको ज्यान गएको हो ।
भण्डारीको बाख्रा चराएर फर्किने क्रममा र शाहको दाउरा काट्न जाने बेलामा भीरबाट खसेर बुधबार ज्यान गएको प्रहरीले जनाएको छ । भीरबाट लडेर करिब ५० मिटर तल बाँसको झारीमा परेका भण्डारीको घटनास्थलमै ज्यान गएको स्थानीयले बताएका छन्। मृतक भण्डारी कालिका इङ्लिस बोर्डिङ स्कुलका कक्षा १ का छात्र हुन्।
साँझ अबेरसम्म पनि घर नआएपछि परिवारले खोजी गर्दा दाउरा काटेको स्थानदेखि करिब ५० मिटर तल शाह मृत अवस्थामा भेटिएको वडाध्यक्ष कृष्णबहादुर कडायले जानकारी दिए।
प्रतिक्रिया