गैरआवासीय नेपाली संघको अध्यक्षमा कुमार पन्त विजयी

गैरआवासीय नेपाली संघको अध्यक्षमा कुमार पन्त विजयी

काठमाडौं कार्तिक १ : गैरआवासीय नेपाली संघ(NRNA)को अध्यक्षमा कुमार पन्त विजयी भएका छन्। प्रतिस्पर्धी कुल  आचार्यलाई पछि पार्दै पन्त विजयी भएका हुन्।  नयाँ नेतृत्वका लागि बिहीबार निर्वाचन भएको थियो। बिहीबार रातिबाट सुरु भएको मतगणना सकिए पनि आधिकारिक घोषणा भने गर्न बाँकी रहेको निर्वाचन कमिटीका एक सदस्यले जानकारी दिए। उनका अनुसार पन्तले १०९४ र आचार्य ९५९ मत पाएका छन् ।

प्रारम्भिक नतिजामा आचार्यले लिड गरेपनि पछि पन्तले लिड गरेका थिए। निर्वाचन आयुक्त शिव रिजालले भने मतगणना भइरहेको र केही बेरमा परिणाम सार्वजनिक हुने जानकारी दिए।  

निर्वाचित पदाधिकारीको सूची
अध्यक्ष -कुमार पन्त
उपाध्यक्ष -बद्री केसी
उपाध्यक्ष-अर्जुन कुमार श्रेष्ठ
उपाध्यक्ष -सोनम लामा
उपाध्यक्ष – मन केसी
उपाध्यक्ष – रविना थापा
महासचिव – डा.हेमराज शर्मा
सचिव-गौरी जोशी
सचिव – आरके शर्मा
कोषाध्यक्ष- महेश श्रेष्ठ
सह कोषाध्यक्ष-लोक दाहाल

प्रतिक्रिया