एक्सरसाइज कुन बेला गर्दा धेरै बोसो घट्छ ?

एक्सरसाइज कुन बेला गर्दा धेरै बोसो घट्छ ?

एजेन्सी । शारीरिक व्यायाम कुन बेला गर्ने ? बिहानको खाजा खाएर गर्ने वा खाली पेटमारु वर्षौंदेखि यसबारे बहस चलिरहेको छ ।

एक खाले मत छ बिहानको खाजा खाएर एक्सरसाइज गर्नु उचित हुन्छ। व्यायामअघि खानेकुरा खाँदा हाम्रो रगतमा चिनीको मात्रा बढ्छ । यसले गर्दा शरीरमा ऊर्जा बढ्छ र धेरै समय व्यायाम गर्न सकिन्छ। यसले तपाईंलाई झुमझुम वा आलस्य हुन पनि दिँदैन ।

अर्काथरि भन्छन्व्या यामअघि खानु हुँदैन। खाली पेटमा एक्सरसाइज गर्दा धेरै मात्रामा शरीरको बोसो कम गर्न मद्दत पुग्छ।

यसबारे यकिन जवाफ प्राप्त भइनसके पनि हालै बेलायतमा भएको एक अध्ययनले दोस्रो मतको समर्थन गरेको छ। अर्थात् व्यायाम बिहान खाजा नखाई गर्ने।

अध्ययनका अनुसार खाजा नखाई व्यायाम गर्नेहरूले खाएर गर्नेहरूभन्दा दोब्बर बोसो कम गर्न सफल भएका सिएनएनमा प्रकाशित समाचारमा उल्लेख छ।

अध्ययनले यसको सामान्य तरिका व्याख्या गरेको छ( खाली पेटमा व्यायाम गर्दा पनि शरीरलाई ऊर्जा चाहिन्छ। यस्तो ऊर्जा शरीरमा भण्डार भएकै क्यालोरीबाटै लिइन्छ। जसले गर्दा धेरै क्यालोरी चाँडै नष्ट हुँदै जान्छ।

उता, खाएर व्यायाम गर्नेहरूले धेरै तौल कम गर्न सक्दैनन्। किनकि, उनीहरूको व्यायामका लागि चाहिने ऊर्जा भर्खरै खाएको खानेकुराबाट पूर्ति हुन्छ। त्यत्तिले उनीहरूको व्यायाम भ्याइसकिन्छ।

शरीरमा थुप्रेको बोसो भने जस्ताको तस्तै वा एकदमै कम मात्र घट्छ( अध्ययनले भनेको छ।

यो अध्ययन सानो समूहका मान्छेमा ६ सातासम्म गरिएको थियो। अध्ययनले खाली पेटमा व्यायाम गर्नेहरूको रक्तचाप र चिनीको मात्रा पनि नियन्त्रण भएको देखाएको छ। त्यस्तै मुटु रोग र मधुमेहको जोखिम पनि कम गर्छ।

ुदुई समूहका सबै स्थिति समान थिए। मात्र कुन समयमा खाने भन्ने फरक राखिएको हो। ब्रेकफास्ट नखाई व्यायाम गर्नेको समूह बढी फिट र रोगको कम जोखिम भएका पाइए,ु अध्ययनमा संलग्न व्यायाम मनोविज्ञ जेभियर गोन्जाल्जेजले भनेका छन्। उनी बाथ विश्वविद्यालयमा स्वास्थ्य विभागका प्राध्यापक हुन्।

यसअघि पनि केही अध्ययनले यस्तै नतिजा देखाएका थिए। तर केही अध्ययनमा ब्रेकफास्ट नखाई र खाएर व्यायाम गर्नेहरूबीच खासै भिन्नता नपाएपछि यो अवधारणामा निकै बहस हुँदै आएको छ।

अहिलेको यो अध्ययनले पनि यही नै सही भनेर ठोकुवा त गर्दैन। यसमा अझै व्यापक र ठूलो समूहमा अध्ययन(अनुसन्धान आवश्यक छ। (सिएनएन)

प्रतिक्रिया