२ करोड ६७ लाखसहित राजधानीबाट २५ जुवाडे पक्राउ

२ करोड ६७ लाखसहित राजधानीबाट २५ जुवाडे पक्राउ

महानगरीय प्रहरी वृत्त महाराजगञ्जले शुक्रबार राति जुवाको खालबाट बरामद गरेको रकम । उक्त जुवाको खालबाट दुई करोड ६७ लाख नगदसहित २५ जनालाई पक्राउ गरिएको छ । तस्बिर: अच्युत रेग्मी/रासस

काठमाडौं कात्तिक १० । महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले २ करोड ६७ लाख नगदसहित २५ जना जुवाडेलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका(३ पीपलमार्गस्थित विक्रम गौतमको घरमा जुवा खेलिरहेको अवस्थामा शनिबार राति उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक उमेश लम्सालले जानकारी दिए।

ठूलोमात्रामा हारजीत हुने गरी जुवा खेलिरहेको अवस्थामा कौडासहित उनीहरुलाई पक्राउ गरिएको उनले बताए। पक्राउ परेका जुवाडेहरुमा बलराम सापकोटा, सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, रञ्जन राजबंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल, सोदेल कार्की, पवन अग्रवाल, पवित्रकुमार कार्की, बलराम सापकोटा, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर, अशोक श्रेष्ठ रहेका छन्।

यसैगरी हलामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा र नवाङ लामा रहेका छन्। उनीहरुलाई कानूनअनुसार कारवाही गरिने बताइएको छ। रासस

प्रतिक्रिया