महरा अदालतमा : अभियोगपत्र दर्ता हुँदै

महरा अदालतमा : अभियोगपत्र दर्ता हुँदै

anfTsf/ cf/f]kdf k|x/L lgoGq0fdf /x]sf lgjt{dfg ;efd’v s[i0faxfb’/ dx/f cfOtjf/ ;/sf/L jlsn sfof{noaf6 lhNnf cbfnt nlub} . sl/j ;ft 306f ;/sf/L jlsn;Fusf] aofgkl5 Dofb yksf] nflu cbfntdf pkl:yt u/fOPsf] lyof] . tl:a/ bLk]g ]i7

काठमाडौं कात्तिक १४: यौन दुर्व्यवहारको आरोपमा पकाउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अदालतमा उपस्थित गराइएको छ।  बिहीबार अयोगपत्र दर्ता गर्न प्रहरीले महरालाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको हो। अहिले अभियोगपत्र रुजु गरेर दर्ता प्रक्रिया चलिरहेको छ। महराविरुद्ध अभियोगपत्र रुजु गरेर दर्ता भएपछि थुनछेक बहस हुनेछ। थुनछेक बहसपछि महरा धरौटीमा छुट्ने वा थुनामा जाने भन्ने टुंगो लाग्नेछ। 

संसद् सचिवालयकी एक कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेका महरा असोज १९ गते पक्राउ परेका हुन्। असोज २८ गते जिल्ला अदालत काठमाडौंले महरालाई पहिलो पटक (पक्राउ परेदेखि १३ दिन) थुनामा राख्न म्याद दिएको थियो। त्यस्तै प्रहरीको अनुसन्धान नसकिएपछि कार्तिक ३ गते फेरि पाँच दिनको लागि म्याद थपिएको थियो।  

अनुसन्धान सकिएपछि प्रहरीले  आइतबार प्रतिवेदन सरकारी वकिललाई बुझाएको थियो। प्रहरीले बुझाएको प्रतिवेदन अनुसार सरकारी वकिलको कार्यालयले अभियोगपत्र दर्ता गर्न अदालतमा लगेको हो। 

कसुर प्रमाणित भए के हुन्छ ?

प्राप्त प्रमाणहरूका आधारमा दोषी ठहर भएमा महराले कैद सजाय भोग्नुपर्नेछ। जवर्जस्ती करणी गर्ने व्यक्तिलाई करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरेर कैद हुने व्यवस्था छ। मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ मा १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिला भए सात वर्षदेखि १० वर्षसम्म कैद हुने व्यवस्था छ। 

एउटा भिडियोमा महराले आफ्नो कोठामा आएर बलात्कार गरेको र अर्को भिडियोमा कोठामा आउँदै नआएको बताएकी ती महिलाले उजुरी दिँदा भने ‘बलात्कार प्रयास गरेको’ भनेकी छन्।
अपराध शास्त्रमा यसलाई अपूर्ण अपराध (inchoate offence) भनिन्छ। यो भनेको ‘अपराध पूरा नभएको तर प्रयास गरेको’ अवस्था हो।  दफा ३४ मा यस्तो अवस्थामा आधा सजाय हुने व्यवस्था छ। बलात्कार कसुरमा ७ देखि १० वर्ष सजाय भएमा प्रयास गरेको अवस्था पुष्टि भएमा साढे ३ देखि ५ वर्ष सजाय हुन सक्छ। स्राेत , अन्नपूर्ण

प्रतिक्रिया