स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’को ६ करोड रुपैंयाँ २८ ओटा आयोजना

दैलेख क्षेत्र नं. २ का साँसद राजबहादुर बुढाले चालु आर्थिक वर्ष २०७६÷०७७ को ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’को ६ करोड रुपैंयाँ २८ ओटा आयोजना निर्माणमा खर्च गर्ने जानकारी गराएका छन् । दैलेख सदरमुकाममा शुक्रवार पत्रकार सम्मेलन गरी उक्त कुरा खुलाए ।

निर्वाचन क्षेत्र नंं. २ का तीन नगरपालिकाका नगरसभा र दुई गाउँपाकिाका गाउँसभाबाट निर्णय भई आएका र स्थानीय श्रोतले गर्न नसकेका आयोजना छनौट गरी पाँच ओटै स्थानीय तहमा न्यायोचित हुने गरी कार्यक्रम सञ्चालन गर्न लागिएको उनले बताए ।

अन्यत्रका साँसदहरुले आफूखुशी कार्यकर्तालाई बाँड्ने गरेको आरोप लाग्ने गरे पनि साँसद बुढाले अघिल्लो वर्षको चार करोडको ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ पनि बिनियोजित रकम र कार्यक्रम बारे पत्रकार सम्मेलन गरी सार्वजनिक गरे ।
कार्यकर्तालाई खुशी पार्न बाँड्ने गरिएको भनिएको ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ पारदर्शिता र गुणस्तर कायम गर्न बिनियोजित रकम पहिले नै सार्वजनिक गर्ने गरिएको साँसद बुढाले बताए । आफ्नो कार्यक्रम प्रभावकारी गर्न सकिए मात्र अरु निकायले सञ्चालन गरेका कार्यक्रममा खवरदारी गर्ने हक हुने उनले टिप्पणी गरे ।

जानकारी गराइए अनुसार दुल्लू नगरपालिकामा प्राकृतिक श्रोत व्यवस्थापन कलेज भवन निर्माणका लागि १ करोड, रुण्डीदेखि कर्णाली राजमार्ग जोड्ने सडक १५ लाख, सियाला–बाहुनपानी सडकका लागि १० लाख, पादुका–काप्रीखाडा सडक २० लाख, मालिका मन्दिरमा प्रतीक्षालय १५ लाख समेत कुल एक करोड ६० लाख परेको छ ।
त्यसैगरी चामुण्डाबिन्द्रासैनी नगरपालिकामा नगरपालिका भवन निर्माणमा ५० लाख, शान्ति मावि बनाडाको भवन निर्माण १५ लाख, पञ्चकोशी आवि चापाकोटको भवन निर्माण १५ लाख, नेत्रपानी मावि भवन निर्माण १५ लाख, सरस्वती आवि खम्वगाडे भवन निर्माण २० लाख, आनन्द मापज चापागाउँ १५ लाख, सिरौल–कान्छाबाडा सडक १५ लाख, देउती कृषि तथा बहुउद्देश्यी सहकारीको भवन निर्माणमा २९ लाख समेत कुल १ करोड चौहत्तर लाख बजेट राखिएको छ ।
पत्रकार सम्मेलनमा बताइए अनुसार सात्तला–झुझ सडक २० लाख, हुलाकडाँडा–भाटगाउँ सडक २० लाख, कालिका आवि साईंगाउँ २० लाख, गणेश आवि विसला भवन निर्माण १७ लाख, कालिका मावि तिलेपाटा भवन निर्माण १५ लाख नेरा आवि कुमालखाडा पर्खाल निर्माणका लागि १५ लाख र गणेश मावि रोलको भवन निर्माणमा १३ लाख ६० हजार समेत आठबीस नगरपालिकामा कुल १ करोड २० लाख रुपैंयाँ छुट्टयाइएको छ ।
दैलेख क्षेत्र नं. २ को ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ ठाँटीकाँध गाउँपालिकाको कृष्ण मावि को खेलमैदान निर्माण गर्न २० लाख, मटेला बाहकोट सडक स्तरोन्नतीमा ३० लाख र ठाँटीकाँध–सिराडी हुँदै रामागाड सडक निर्माण गर्न २० लाख समेत ७० लाख रुपैंयाँ बिनियोजन गरिएको छ ।
सो कार्यक्रम अन्तरगत भैरबी गाउँपालिकामा नाभीस्थान जाहरमाडी सडकमा २० लाख, खम्वगाडे–काउले सडक १५ लाख, लम्जी गडाजिउला सडक १० लाख, लम्जी–लखेत सडक १० लाख, र मदन आश्रित प्रतिष्ठान भवन निर्माणमा १५ लाख रुपैंयाँ गरी कुल ७० लाख परेको जानकारी दिइएको छ ।
बिनियोजित रकम सम्वन्धित गाउँपालिका र नगरपालिकाले आफै योजना सञ्चालन तथा भुक्तानी गर्ने गरी बजेट पठाउने ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’को निर्देशिकाले व्यवस्था गरेको छ । जिसस प्रमुख, उपप्रमुख, पालिकाका प्रमुखहरु सदस्य रहेको परामर्श समितिको राय लिई प्रत्यक्ष निर्वाचित साँसदको संयोजक तथा जिल्ला समन्वय अधिकारी सदस्य सचिव रहेको निर्देशक समितिले निर्णय गर्ने अधिकारको प्रयोग गरी ती आयोजनाको छनौट गरिएको हो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष कृष्ण देवकोटा र जिल्ला समन्वय अधिकारी पदम सापकोटाले आयोजना प्रभावकारिताको निम्ति सरोकारवालाहरुको भूमिका विषयमा प्रकाश पानुभएको थियो । त्यसबखत पत्रकार र साँसद बुढाबीच योजना पारदर्शिता पद्धति बारे खुला छलफल पनि भएको थियो । छलफलको क्रममा अघिल्लो वर्षको बजेट पारदर्शी सदुपयोग गराएको भन्दै साँसद बुढा प्रशंसा गरिएको थियो ।
प्रतिक्रिया