न्यायमा पहुँच

न्यायमा पहुँच

जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेले स्थानीय तहका न्यायिक समितिका काम प्रभावकारिता बढाउनुपर्ने आवश्यकता औल्याउनुभएको छ । यूएनडीपीको सहयोगमा सुन्दर नेपाल संस्थाले दैलेख सदरमुकाममा आयोजना गरेको न्यायमा पहुँच कार्यक्रमको समीक्षा कार्यक्रममा उहाँले सो धारणा राख्नुभएको हो ।

न्यायाधीश लामिछानेले स्थानीय स्तरमा सुल्झिन सक्ने विवादहरु मेलमिलापको अधिकार समेत दिइएको स्थानीय तहका न्यायिक समितिले जनबिश्वास बढाउने गरी न्याय सम्पादनमा निष्पक्षता र सन्तुलन कायम राख्न सुझाव दिनुभयो ।

त्यसबखत उहाँले दैलेख जिल्ला अदालतले विपन्नहरुको न्यायमा पहुँच बढाउन निशुल्क कानूनी सहायताको लागि वैतनिक वकीलको प्रवन्ध गरेको जानकारी दिंदै न्याय सम्पादनको कामलाई छिटोछरितो गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा नारायण नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले पिछडिएको वर्गको न्यायमा सहायता पु¥याउन सुन्दर नेपाल संस्था, सामाजिक सेवा केन्द्र (सोसेक) लगायतका संस्थाहरुको तत्परताको प्रशंसा गर्नुभयो ।

नारायण नगरपालिकाका उपप्रमुख सावित्री मल्लको अध्यक्षतामा भएको कार्यक्रममा अधिवक्ता रमा प्याकुरेल, सुन्दर नेपाल संस्थाको पारस्परिक जवाफदेहिता परियोजनाका जिल्ला संयोजक यज्ञराज थापाले न्यायमा पहुँच अभिवृद्धिमा भइरहेका प्रयास बारे चर्चा गर्नुभएको थियो ।

प्रतिक्रिया