ओली पाँच वर्ष नै प्रधानमन्त्री, दाहाल कार्यकारी अध्यक्ष

ओली पाँच वर्ष नै प्रधानमन्त्री, दाहाल कार्यकारी अध्यक्ष

काठमाडौं मंसिर ४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पार्टीको सम्पूर्ण काम हेर्ने कार्यकारी अधिकार सहितको जिम्मेवारी पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । यस्तै सरकारको सम्पूर्ण जिम्मेवारी अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिने निर्णय गरेको छ ।
यो कार्य विभाजन पछि पनि ओली र दाहालको मर्यादाक्रम भने यथावत नै रहने बैठकपछि प्रवक्ता नरायणकाजी श्रेष्ठले जानकारी दिए । सचिवालय बैठकमा मन्त्रिपरिषद्को हेरफेर बारे केही छलफल नभएको र यो प्रधानमन्त्रीको अधिकारको विषय भएकाले प्रधानमन्त्रीे तुरुन्तै हेरफेर गर्नु हुने प्रवक्ता श्रेष्ठले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारको मन्त्रिपरिषद बैठकमा आफूले कुनै पनि महत्वपूर्ण निर्णय गर्ने बताएपछि आज मन्त्रीहरूको हेरफेरको निर्णय हुने संभावना रहेको छ ।

प्रतिक्रिया