प्रदेश र स्थानीय तहमा हाजिर हुन कर्मचारीलाई ७ दिने अल्टिमेटम

प्रदेश र स्थानीय तहमा हाजिर हुन कर्मचारीलाई ७ दिने अल्टिमेटम

काठमाडौँ पुष ११ गते ।: संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले समायोजन भएका कर्मचारीलाई ७ दिनभित्र प्रदेश र स्थानीय तहमा हाजिर हुन अटिल्मेटम दिएको छ ।

समायोजन भएका कर्मचारी रमना लिएर २१ दिनभित्र तोकिएको कार्यालय हाजिर हुनुपर्ने व्यवस्था छ । तर समायोजन भएको तीन महिना वितिसक्दा पनि उनीहरु हाजिर नभएको गुनासो आएपछि मन्त्रालयले ७ दिनभित्र हाजिर हुन निर्देशन दिएको हो ।

२०७६ भदौ १५ गते नै समायोजनमा परेका कर्मचारीलाई रमना दिई हाजिर हुन पठाउन भनी निर्देशन दिएमा हालसम्म उनीहरु हाजिर नभएको गुनासो आएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका शाखा अधिकृत सुदर्शन दाहालले राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, मन्त्रालय,केन्द्र÷सचिवालय÷आयोग÷प्राधिकरणलाई समायोजन भएको निकायमा हाजिर हुन पठाउने पत्राचार गरेको छ ।

रमना नदिने कर्मचारी र हाजिर हुन नजाने कर्मचारीलाई अनुगमनका क्रममा कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ।कतिपय स्थानीय तहले कर्मचारीलाई हाजिर पनि गराएका छैनन् ।

प्रतिक्रिया