राष्ट्रिय सभाका उम्मेदवारको अन्तिम नामावली प्रकाशित

राष्ट्रिय सभाका उम्मेदवारको अन्तिम नामावली प्रकाशित

काठमाडौँ पुष २५ । निर्वाचन आयाेगले माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारकाे अन्तिम नामावली प्रकाशन गरेकाे छ । आयाेगले उम्मेदवारहरुलाई चुनाव चिन्हसमेत दिएकाे छ । आयोगका प्रदेश–१ को विराटनगर, प्रदेश–२ को जनकपुर, प्रदेश–३ को ललितपुर, गण्डकी प्रदेशको पोखरा, प्रदेश–५ को घोराही, कर्णाली प्रदेशको विरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशको सिलगढीस्थत निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन रचुनाव चिन्ह प्रदान गरेका हुन् । निर्वाचनमा नेकपाका १६, कांग्रेसका १६, समाजवादी पार्टीका, राजपाका २, नेमकिपाका २ र राष्ट्रिय जनमोर्चाका २ गरी ४५ जनाले उम्मेदवारी दर्ता गरेका छन्। उम्मेदवारहरूलाई सम्बन्धित पार्टीको निर्वाचन चिन्ह प्रदान गरिएको छ।

प्रतिक्रिया