पत्रकार दुर्गानाथ शर्माको निधन

पत्रकार दुर्गानाथ शर्माको निधन

काठमाडौं २२ माघ। पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ । नेपाल टेलिभिजनको स्थापना कालदेखि लामो समयसम्म समाचारवाचक र कार्यक्रम प्रस्तोताको रुपमा काम गरेका उनको काठमाडौं महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा निधन भएको परिवारले जनाएको छ ।

७२ वर्षीय शर्मा मुटुसम्बन्धी समस्याबाट पीडित थिए । गत मंगलबार शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना भएका उनलाई मंगलबार राति मनमोहनमा सारिएको थियो । २०४२ सालमा नेपाल टेलिभिजनको प्रशारण सुरु हुँदादेखि काम गरेका शर्माले टेलिभिजनको महाप्रबन्धकसम्म भई काम गरेका थिए । शर्माले सुरु गरेको विश्वघटना नामक कार्यक्रम चर्चित थियो । उनका दुई छोरा र श्रीमती छन् ।

प्रतिक्रिया