कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो

          |   प्रकाशित मितिः मङ्लबार, फाल्गुन २७, २०७६     ::: 96 पटक पढिएको   |  

स्वास्थ्यलाभ गरेर घर फर्के ६४ हजार

काठमाडौं । चीनबाट फैलिएको नोबेल कोरोना (कोभिड–१९) भाइरसबाट चार हजार भन्दा बढीको ज्यान गएको छ । सोमबार बिहानसम्म ४ हजार २७ जनाको मृत्यु भइसकेको छ । ११५ देशमा पुगेको कोरोनाका कारण २३ देशमा विरामीको मृत्यु भएको हो । चीनमा सबै भन्दा बढी ३ हजार १३६ जनाको ज्यान गएको छ ।

एक लाख १४ हजार ४२२ जनामा कोरोनाको केस देखिएको छ । तर उनीहरू मध्ये ६४ हजार ८१ जना निको भइसकेका छन् । जम्मा ४६ हजार ३१४ जनामा कोरोनाको संक्रमण छ । त्यसमध्ये ५ हजार ७७१ जना गम्भिर छन् ।



Leave a comment

Your email address will not be published.


*