बालुवाटारमा आवश्यक व्यवस्था मिलाएपछि मात्रै प्रधानमन्त्रीलाई डिस्चार्च गरिने : चिकित्सक

बालुवाटारमा आवश्यक व्यवस्था मिलाएपछि मात्रै प्रधानमन्त्रीलाई डिस्चार्च गरिने : चिकित्सक

काठमाडौँ – मिर्गौला प्रत्यारोपणपछि बिरामीलाई आवश्यक पर्ने सम्पूर्ण चिकित्सकीय सेवा तय भएपछि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीलाई शिक्षण अस्पतालबाट डिस्चार्ज गरिने भएको छ । मंगलबार अपरान्ह प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा सामेल भएका सम्पूर्ण चिकित्सकको संयुक्त पत्रकार सम्मेलनमा बालुवाटारमा प्रधानमन्त्रीलाई आवश्यक पर्ने सम्पूर्ण चिकित्सकीय तथा घरेलु व्यवस्थाभएपछिप्रधानमन्त्रीका निजी चिकित्सक एवं नेफ्रोलोजिस्ट डा. दिव्यासिंह शाहले जानकारी दिइन्।
सिंहको नेतृत्वमा आयोजित पत्रकार सम्मेलनमा प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीको सम्पूर्ण स्वास्थ्य सूचक सामान्य रहेको जानकारी दिइएको थियो। पत्रकार सम्मेलनमा डा. उत्तम शर्मा,डा. प्रेम ज्ञवाली, डा.सुवास आचार्य लगायतले आफ्ना धारणा राखेका थिए।
प्रधानमन्त्रीको प्रत्यारोपण र त्यसपछिको उपचार टोलीमा डा. प्रेम ज्ञवाली, डा. उत्तम शर्मा, डा. दिव्यासिंह शाह, डा. पवन चालिसे, डा. सुमन चापागाईं र डा. सुवास आचार्य थिए।

प्रतिक्रिया