मिर्गौला दाता समीक्षा डिस्चार्ज : सर्जनले सहमति दिए प्रधानमन्त्री बालुवाटार फर्किने

मिर्गौला दाता समीक्षा डिस्चार्ज : सर्जनले सहमति दिए प्रधानमन्त्री बालुवाटार फर्किने

काठमाडौं : प्रधानमन्त्री केपी ओलीलाई मिर्गौला दान गरेकी समीक्षा संग्रौला डिस्चार्ज भएकी छन्।  फागुन १९ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी समीक्षा बुधबार (२८ गते) डिस्चार्ज भएकी हुन् ।त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाका अनुसार सर्जनले सहमति दिए प्रधानमन्त्रीको समेत डिस्चार्ज आजै हुनेछ।  

‘प्रधानमन्त्रीकी मिर्गौला दाता उहाँकी भान्जी समीक्षा संग्रौलालाई डिस्चार्ज दिएका छौँ’, डा. खड्गाले भने, ‘सर्जनले रिपोर्ट हेरेर स्वीकृति दिएमा प्रधानमन्त्रीको समेत आजै डिस्चार्ज हुन सक्छ ।’  

फागुन २१ गते प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको हो।  पहिलो पटक २०६४ सालमा भारतमा मिर्गौला प्रत्यारोपण गराएका ओलीको दोस्रो पटक स्वदेशमै मिर्गौला प्रत्यारोपण भएको हो।  मिर्गौला प्रत्यारोपण अघि प्रधानमन्त्री ओली नियमित डायलासिसमा थिए।   

प्रतिक्रिया