लोकसेवा परीक्षा पनि स्थगित

लोकसेवा परीक्षा पनि स्थगित

काठमाडौं : लोकसेवा आयोगले चैत्र महिनामा लिने परीक्षा स्थगित गरेको छ।बिहीबार बसेको आयोगको बैठकले चैत ८ गतेपछि संचालन हुने सबै लिखित परीक्षा स्थगित गरेको हो।

चैत ८ गतेदेखि चैत मसान्तसम्मको लिखित परीक्षा स्थगित गरेको उपसचिव शर्माले जानकारी दिएका छन् ।  विज्ञप्ति जारी गर्दै लोक सेवा आयोगले सञ्चालन गर्ने निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फका लिखित परीक्षाका कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको जनाएको छ।

त्रिभुवन  विश्वविद्यालयले पनि चैत महिनाभित्रमा सञ्चालन गरिने सम्पूर्ण परीक्षा स्थगित गरेको छ । क्याम्पमा कार्यरत प्राध्यापकलाई पनि चैत मसान्तसम्म विदा दिने निर्णय गरेको छ । यो विदा आगामी बर्षे तथा हिउँदे विदामा मिलान गरिने उनले जानकारी दिए । विश्वविद्यालय बन्द भएपछि करिब ५ लाख विद्यार्थी र ७ हजार प्राध्यापक घरमै बस्नेछन्। 

प्रतिक्रिया