‘लकडाउन’ नबुझ्दा…

‘लकडाउन’ नबुझ्दा…

राजकुमार बुढा

विश्वलाई हम्मे–हम्मे पारेको कोरोना भाइरस (कोभिड–१९) ले नेपाललाई छुन नसक्नु सुखद कुरा हो । सरकारले अनौपचारिक ‘लक डाउन’ गरेर भीडभाड बन्द गर्न अपिल गरिरहेका बेला आम नागरिकहरुले त्यसको घोर उलंघन गरेका छन् । सतर्कता अपनाउन सरकारले जे गरेको छ, सहि गरेको छ । ‘फस्ट स्टेज अफ लकडाउन’ । लकडाउन बुझेर सेल्फ क्वारेन्टाइनमा बस्नु त कता हो कता सबै राजधानीबाटै हुलका हुल गाउँतिर लागे । जना भन्दा बढी जम्मा नहुनु भन्ने प्रधानमन्त्रीको सम्बोधन सुनेपछी भोलिपल्टै हजारौं जना बसपार्कबाट ठेलमठेल गर्दै राजधानी छोडे । कोरोनाको जोखिम उच्च छ, तर ‘कोरोना काठमाडौंमा मात्रै आउने हो छिटो भाग भन्या जस्तो गरेको देख्दा एउटा विषय घुमिरहन्छ मस्तिष्कमा ‘नेपाली होनी’
डर त थियो नै तर दुई दिनमै काठमाडौं खाली हुँदा यहाँ बसिरहनु पर्नेहरुलाई त्रासले सिमा नाघ्नु स्वभाविक नै हो । अझैं पछिल्लो समय सामाजिक संजाल हेर्ने हो भने त लुग–लुग काम्नु पर्ने स्थिती छ । गलत र भ्रामक समाचारले त्रसित बनाइरहेका त छन नै । अझ सरकारको कोरोना नियन्त्रणको यो ‘लकडाउन’ अवस्थालाइ फरक अर्थले बुझ्दा शहर छोडेर ज्यान बचाउन गाउँतिर दगुरेको जस्तो व्यापक देखियो । खासमा लकडाउनले शत प्रतिशत त्यो भने अथ्याउँदैन् ।
भाइरसको संक्रमण देखीएपनि एक अर्कालाई सक्दो सहयोग गरौं । सहि सुचनाको प्रवाह गरौं, साबधानी अपनाउनुहोस्, कोरोनाबाट बच्नुहोस् । सेल्फ क्वारेन्टाइनको अर्थ बुझौं, जो जता दगुर्छ उतै दगुर्ने होइन सावधानी अपनाऔैँ, विश्वले हारिरहेका बेला हामी गाउँ पुगेर लुक्दैमा कोरोनालाइ जित्न सक्दैनौं की ? ‘हल्ला होइन, सफाइमा ध्यान दिऊँ’

प्रतिक्रिया