नेपालमा कोरोनाका तेस्रो संक्रमित भेटिए

नेपालमा कोरोनाका तेस्रो संक्रमित भेटिए

काठमाडौं : नेपालमा नोबेल कोरोना भाइरस (कोभिड–१९)  का नयाँ संक्रमित भेटिएको पुष्टि भएको छ । स्वास्थ्य सेवा विभाग जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणका क्रममा एक जनाको रिपोर्टमा कोभिड–१९ पोजिटिभ देखिएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले जानकारी दिएका छन् । यो सँगै नेपालमा कोभिड–१९ को सक्रमित संख्या ३ पुगेको छ । 

उनी खाडी राष्ट्रबाट केही दिन अघि नेपाल आएको खुलासा भएको छ। संक्रमित व्यक्ति अन्दाजी ३५ वर्षको भएको अस्पतालले जनाएको छ।

फ्रान्सबाट फर्किएकी युवतीमा कोभिड–१९ देखिएपछि उनी शुक्रराज ट्रपिकल तथा सरुला रोग अस्पताल टेकुमा उपचारत्  छिन् । यसअघि पोजेटिभ रिपोर्ट देखिएका एक जना उपचारपछि निको भइसकेका छन्।

प्रतिक्रिया