नेपालमा कोरोना भाइरस संक्रमितको संख्या पाँच पुग्यो : १९ वर्षीया युवतीमा पोजेटिभ

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या पाँच पुग्यो : १९ वर्षीया युवतीमा पोजेटिभ

काठमाडौं : नेपालमा कोरोना (कोभिड–१९) भाइरस संक्रमितको संख्या पाँच पुगेको छ। शनिबार भएको स्वास्थ्य परीक्षणामा थप एक १९ वर्षीया युवतीमा कोरोना पोजेटिभ भेटिएको हो। बेल्जियमबाट कतार हुँदै क्यूआर ६५२ नम्बरको उडानमा १७ मार्च (चैत ४ गते)  नेपाल आएकी बाग्लुङकी युवतीमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको हो।

यसअघि नेपालमा चार जनामा कोरोना पुष्टि भएको थियो। त्यसमध्ये एकजना उपचारपछि निको भएका छन्। अन्य तीन जनामध्ये दुईको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा र एकजनाको प्रादेशिक अस्पताल धनगढीमा उपचार भइराखेको छ। मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार टेकु अस्पतालमा मात्रै चारजना आइसोलेसन र ६ जना क्वारेन्टाइनमा गरी १० जनाको उपचार भइराखेको छ । 

प्रतिक्रिया