कोरोना आशंकामा पाटन अस्पतालको आइसीयूमा रहेका युवाको मृत्यु

कोरोना आशंकामा पाटन अस्पतालको आइसीयूमा रहेका युवाको मृत्यु

काठमाडौं : पाटन अस्पतालको आइसीयूमा राखिएका एक युवाको मृत्यु भएको छ। कोरोना आशंकामा आइसीयू रहेका धादिङ खनियाँपानी घर भएका ३५ वर्षीय युवाको मृत्यु भएको हो।

चैत १४ गते मात्रै भारतबाट नेपाल आएका उनको सोमबार बिहान मृत्यु भएको हो। महानगरिय प्रहरी परिसर ललितपुरका एसएसपी तथा प्रमुख टेकप्रसाद राईले मृत्यु भएको पुष्टि गरे। तर पाटनका डाक्टर तथा कोरोना भाइरस फोकल पर्सन डा. आशिष श्रेष्ठले युवाको मृत्युबारे बोल्न चाहेनन्।

कोरोनाको संक्रमण भएको आशंकामा नमुना परीक्षणका लागि टेकुस्थित केन्द्रीय प्रयोगशालामा पठाइएको पनि रिपोर्ट आइसकेको छैन्। उनमा अत्याधिक ज्वरो आएको थियो।

प्रतिक्रिया