थप तीनजनामा कोरोना संक्रमण : स्वास्थ्य मन्त्रालय

थप तीनजनामा कोरोना संक्रमण : स्वास्थ्य मन्त्रालय

काठमाडौँ –स्वास्थ्य मन्त्रालयले कोभिड १९ (कोरोना भारइस) संक्रमण भएका थप तीनजना विरामी फैला परेको बताएको छ । मन्त्रालयको आधिकारिक फेसबुक पेजमा दिइएको जानकारीअनुसार तीनैजना धनगढीका हुन् ।

संक्रमितमा भारतको मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, भारतकै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीकी ३४ वर्षीय महिला रहेको मन्त्रालयको पेजमा उल्लेख गरिएको छ। यी महिला यसअघि कैलालीमा भेटिएका संक्रमित पुरूषकी आफन्त भएको पनि मन्त्रालयले जनाएको छ। योसँगै पहिलो पटक नेपाल भित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। वासुदेव पाण्डेले पनि भारतबाट आएका दुईजनामा संक्रमण देखिएको पुष्टि गरे। धनगढीमा भारतबाट आएका दुईजनामा कोभिड १९ देखिएको छ। र, निजका परिवारमा समेत संक्रमण फैलिएको आशंका गरिएको छ, पाण्डेले कान्तिपुरलाई भने। यी सबैको स्वाबको नमुना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भने आफूलाई यससम्बन्धि कुनै जानकारी नभएको बताए। यसअघि नेपालमा छ जनामा कोरोना संक्रमण देखिएको छ। तीमध्ये एकजना उपचारपछि निको भइसकेका छन् भने अन्यको उपचार भइरहेको छ। ती सबै विदेश यात्राबाट हालै फर्किएका हुन्। ekantipur.com बाट

प्रतिक्रिया