समाजसेवीद्वारा सहयोग

समाजसेवीद्वारा सहयोग

दैलेख चैत्र २७ ।
कोरोना भाइरस संक्रमण रोकथामका लागि आफ्नै खर्चमा समुदायलाई सहयोग गर्ने मनकारीहरु थपिन थालेका छन् । दुल्लूू नगरपालिका वडा नं. १ नाउलेकटुवाल निवासी समाजसेवी थीरबहादुर खड्काले आफ्नो वडाका ५ सय ५० घरधुरीका स्थानीयलाई सरसफाइ सामग्री वितरण गरेका छन् ।

कोरोना संक्रमणबाट जोगिन स्थानीयलाई मास्क र हरेक घरलाई १–१ वटा साबुन वितरण गरिएको खड्काले बताए । उनले आफ्नो निजी खर्चमा ५० हजार लागतमा सहयोग गरेका हुन् । यस्तै गरी दुल्लू नगरपालिका–८ चगत्राका पूर्व शिक्षक शक्तिबहादुर बुढाले आफ्नो व्यक्तिगत २५ हजार रुपैंयाँ लागतमा बडलम्जीका स्थानीयलाई १२ सय वटा माक्स निशुल्क बाँडेका हुन् ।

प्रतिक्रिया