कैलाली र कंचनपुरमा संकलित सबै स्वाबको रिर्पोट नेगेटिभ

कैलाली र कंचनपुरमा संकलित सबै स्वाबको रिर्पोट नेगेटिभ

काठमाडौं चैत्र २७ गते । कैलाली र कंचनपुरका क्वारेन्टाइनमा बसेकाको र्यापिड डाइग्नोस्टिक टेस्ट विधिबाट स्वाब संकलन गरिएकामध्ये परीक्षण गरिएका सबै नमूनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाले कोरोना आशंकामा कैलाली र कंचनपुरमा संकलन गरिएका ६६ वटा नमूनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए। ‘परीक्षण गरिएका ६६ कोरोना रिपोर्ट नेगेटिभ आएको छ, उनले भने, ‘बाँकी स्वाब संकलन र परीक्षणका क्रममा छन्।’

बिहीबारसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २८ सय ९५ जनाको नमूना परीक्षण गरिएको छ। नियमित पत्रकार सम्मेलनमा प्रवक्ता देवकोटाले भने,ु प्रयोगशालामा आज एक सय ९३ परीक्षण हुँदैछन्। अब योसहित जम्मा नमूना परीक्षण तीन हजार नाघ्नेछ।

उनले उपत्यकामा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला २३ सय ८२ र उपत्याका बाहिर पाँच सय १३ नमूना परीक्षण भएको जानकारी दिए।सातवटै प्रदेशको क्वारेन्टाइनमा सात हजार ९ सय ४० जना छन्। काठमाडौंमा १८ र उपत्यका बाहिर ९९ जना गरी कुल ११७ जना आइसोसेलनमा रहेको उनले बताए।

प्रत्येक प्रदेशको क्वारेन्टाइनमा बसेकाको स्वाब परीक्षणका लागि र्यापिड डाइनोस्टि टेष्ट पाँच हजार प्रतिका दर पठाएको छ। आरडिटी टेष्ट सम्बन्धि बागलुङमा म्याग्दी र पर्वतका स्वास्थ्यकर्मीलाई तालिम दिइएको छ। त्यहाँ परीक्षण सुरु भएको छ। उपत्यकाका भित्रका क्वारेन्टाइनमा बसेकाको नमूना संकलनका लागि सबै स्थानीय निकायसँग समन्वयन भएको छ।

यस्तै क्वारेन्टाइमा १४ दिनको अवधि भोक्तान गरिसकेकालाई स्वास्थ्य तथा जनसंख्यामन्त्रालयले तोकेको परीक्षण गरी पोजेटिभ देखिएमा सोही अनुसार अस्पताल भर्ना गर्ने निर्णय भएको प्रवक्ता देवकोटाले बताए।उनले भने, ‘कोरोना रिपोर्ट नेगेटिभ आएकालाई पनि एक हप्ता घरमै क्वारेनटानइमा बस्ने गरी पठाइनेछ। उनीहरुको स्वास्थ्य अवस्था बुझ्न र अनुगमन गर्न स्थानीय स्वास्थ्य स्वयंसेविका परिचालन गरिनेछ।’

प्रतिक्रिया