तीन भारतीय नागरिकमा कोरोना पुष्टि : संक्रमितको संख्या १२ पुग्यो

तीन भारतीय नागरिकमा कोरोना पुष्टि : संक्रमितको संख्या १२ पुग्यो

काठमाडौं : तीन भारतीय नागरिकमा भाइरस (कोभिड–१९) को संक्रमण रहेको पुष्टि भएको छ। कोरोना संक्रमित भारतीय नागरिक रहेको र उनीहरु अहिले वीरगन्जको नारायणी अस्पतालको आइसुलेसनमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

हेटौंडामा परीक्षण गर्दा कोभिड–१९ पोजेटिभ देखिएका उनीहरुको काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पुन परीक्षण गर्दा पोजेटिभ नै देखिएको स्वा मन्त्रालयले फेसबुक पेजमार्फत् जानकारी गराएको हो। 

पर्साको वीरगञ्ज महानगरपालिका २ छपकैया स्थित मस्जिदमा शंकास्पदरूपमा रहेका २१ जनाको परीक्षण गर्दा त्यस मध्ये तीनमा कोरोना पुष्टि भएको हो।  कोरोना पुष्टि हुनेमा ३७, ५५ र ४४ का पुरुष छन्। परीक्षणमा सहभागी गराइएका २१ जना मध्ये शंकास्पद तीन जनाको पोजिटिभ देखिएपछि पुन एकिन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा 
 शनिबार पुन परिक्षण गरिएको थियो। प्रयोगशालामा पुनः परीक्षण गर्दा उनीहरुमा पोजिटिभ देखिएको हो। 

भारतको उत्तर प्रदेशका उनीहरु उनीहरु तीनैजना मुस्लिम धर्मका प्रचारक धार्मिक गुरु हुन्। उनीहरु केहीदिनअघि दिल्लीमा भएको तब्लगी जमातमा सहभागी भई फर्किएको आशंका गरिएको छ। स्थानीयका अनुसार उनीहरु ९–१० दिन पहिलादेखि वीरगन्ज–२ छपकैयाको मस्जिदमा बस्दै आएका थिए।

रुघा खोकी लागेको भन्दै मस्जिदमा रहेका २४ जनालाई बिहीबार एक स्थानीय नेताले वीरजन्गको नारायणी अस्पताल लिएर गएका थिए। ती मध्ये शंकास्पदको स्वाबको नमूना संकलन गरी हेडौंडा पठाइएकोमा त्यहाँ ३ जनाको पोजेटिभ रिपोर्ट देखिएको अस्पतालका एक चिकित्सकले जानकारी दिएका थिए। त्यसपछि पुःन निश्चित गर्ने काठमाडौं पठाएको थियो।

नारायणी अस्पतालले उनीहरुलाई अस्पतालको आइसुलेसनमा बस्न भने पनि उनीहरुलाई ल्याउने नेताको दवाबपछि  मस्जिदमै  लगिएको अस्पतालले जनाएको छ। हेटौंडाको परीक्षण रिपोर्ट शंकास्पद आएपछि उनीहरुलाई प्रहरीले शुक्रबार साँझ मस्जिदबाट नियन्त्रणमा लिई नारायणी अस्पतालको आइसुलेसन राखेको हो। संक्रमित बसेकै मस्जिदमा रहेका ११ जनालाई प्रहरीले शनिबार साँझ नियन्त्रणमा लिएर साइसोलेसनमा राखेको थियो।

यसअघि नेपालमा ९ जनामा मात्र कोरोना संक्रमण देखिएको थियो। एकजना निको भएर डिस्चार्ज भएका छन्।  संक्रमित आठ जनामध्ये चारजना धनगढीस्थित सेती अस्पताल र अन्य चारमध्ये बागलुङमा दुई र टेकुमा दुईजनाको उपचार भइराखेको छ।  

प्रतिक्रिया