कोरोना शंकास्पद काठमाडौंका तीनमध्ये २ जनाको रिपोर्ट पोजेटिभ

          |   प्रकाशित मितिः मङ्लबार, बैशाख २, २०७७     ::: 129 पटक पढिएको   |  

काठमाडौं वैशाख २ : काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका कोरोनाका शंकास्पद तीन जनामा दुईजनाको परीक्षण रिपोर्ट पोजेटिभ देखिएको छ । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार दुई जनामा संक्रमण पुष्टि भएको र एक जनाको रिपोर्ट साँझसम्म आउनेछ । 

बेलायतबाट फर्केर काठमाडौंमा बसेका  उनीहरुको र्‍यापिड टेस्ट पोजिटिभ देखिएपछि सोमबार पाटन अस्पतालको आइसुलेसनमा लगिएको थियो । 

उनीहरु एकै परिवारका ८१ वर्षीया वृद्धा आमा सहित ५८ छोरा र ५६ वर्षीया बुहारी रहेका छन्। ३ जना मध्ये आमाको रिपोर्ट आउन बाँकी रहेको स्रोतले जनाएको छ। 



Leave a comment

Your email address will not be published.


*