नाक र मुख नछुट्टीएको बच्चा जन्मिएपछि…

नाक र मुख नछुट्टीएको बच्चा जन्मिएपछि…

दैलेख वैशाख ४ गते । बच्चा र आमाको स्वास्थ्य तलमाथि नहोस् भनेर हामी निकै सजग हुन्छौ । त्यसैले पटक–पटक स्वास्थ्य संस्थामा गएर विभिन्न जाँच गराउँछौ । आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था ठिक रहे नरहेको एकिन् गर्छौ । तर, जब बच्चा असामान्य जन्मियो भने आमा बुबाको अवस्था कस्तो होला । पक्कै पनि पीडादायी हुन्छ । यस्तै पीडा दैलेखका एक दम्पतिलाई भएको छ । बिहिवार दैलेखको आठबीस नगरपालिका–७ तीलेपाटामा एक अनौठो बच्चाको जन्म भयो । स्थानीय तीलेपाटा स्वास्थ्य चौकीमा बच्चाको जन्म भएको हो ।

बच्चाको नाक र मुख राम्रोसँग छुट्टिएको छैन् । नाक र मुखको बीच भागमा प्वाल मात्रै छ । बच्चाको आँखा समेत राम्रोसँग खुलेको छैन् । शरिर र खुट्टा समेत लुलो रहेको स्वास्थ्य चौकीमा कार्यरत अनमी रेश्मा विश्वकर्माले बताइन् । बच्चा गर्भमा रहँदा स्वास्थ्य चौकीमा जाँच गरिएको थियो । ‘बच्चाको अवस्थाबारे जानकारी दिन एक पटक भिडियो एक्सरे गर्न जान भनेका थियौ,’ अनमी विश्वकर्माले भनिन् ‘उहाँहरु जानुभएन, अहिले बच्चा असामान्य जन्मियो ।’ उक्त शिशु अहिले जिन्दगीसँग लडिरहेको छ ।

प्रतिक्रिया