१० डीआईजीलाई दर्ज्यानी चिन्ह

१० डीआईजीलाई दर्ज्यानी चिन्ह

काठमाडौँ वैशाख ८ गते । प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा भएका १० जनालाई दर्ज्यानी चिन्ह प्र्दान गरेका छन् ।प्रहरी प्रधान कार्यालयमा सोमबार दिउँसो आइजीपी ज्ञवालीले घनश्याम अर्याल, प्रकाशजंग कार्की, बसन्तकुमार पन्त, ईश्वरबाबुकार्की, सहकुलबहादुर थापा, धिरजप्रताप सिंह, बसन्तकुमार लामा, रविन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी र अरुणकुमार विसीलाइ दर्ज्यानी प्रदान गरेका हुन्।उनीहरु चैत २८ गते डीआइजीमा बढुवा सिफारिस भएका थिए। सिफारिस भएका सबैलाई गृहमन्त्री रामबहादुर थापाले आइतबार मन्त्रिस्तरीय निर्णयबाट बढुवा गरेका थिए। दर्ज्यानी पाउपनि गृहले पदस्थापना गरेको छैन। उनीहरुको सोमबार बेलुकासम्म जिम्मेवारी तोकिने गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिए।

प्रतिक्रिया