राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय

राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय

काठमाडौं ८ वैशाख। सरकारले राजनीतिक दलसम्बन्धी विद्यमान कानुनमा संशोधन गर्न अध्यादेश ल्याउने भएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकमा यसबारे छलफल भएको एक मन्त्रीले जानकारी दिए । हालको कानुन अनुसार राजनीतिक दल विभाजन हुनलाई संसदीय दल र केन्द्रीय कमिटी दुवैमा ४० प्रतिशत संख्या पुर्याउनुपर्ने प्रावधान छ ।अब त्यसमा के-के संशोधन गर्ने भन्ने बारेमा छलफल भए पनि बुँदागत रुपमा अध्यादेश मस्यौदापछि थाहा हुने ती मन्त्रीले बताए ।

प्रतिक्रिया