नेपालमा संक्रमितको संख्या ४५ पुग्यो, थप तीनजनामा कोरोना पुष्टि

नेपालमा संक्रमितको संख्या ४५ पुग्यो, थप तीनजनामा कोरोना पुष्टि

काठमाडौं वैशाख १० गते । बुधबार तीन जनामा कोरोना संक्रमण पुष्टि भएको  छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा तीनजनामा कोरोना पोजिटिभ देखिएको हो । 

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार  २४, ६० र ७२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । संक्रमण पुष्टि भएपछि क्वारेन्टाइनमा रहेका उनीहरुलाई अस्पताल ल्याउने तयारी भइरहेको छ ।  यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । सातजना भने डिस्चार्ज भएका छन् । अन्य सबैको विभिन्न अस्पतालमा उपचार भइराखेको छ

प्रतिक्रिया