नेपालमा संक्रमितको संख्या ४५ पुग्यो, थप तीनजनामा कोरोना पुष्टि
![नेपालमा संक्रमितको संख्या ४५ पुग्यो, थप तीनजनामा कोरोना पुष्टि](https://snowberry.prixacdn.net/media/gallery_folder/bikash-_AlUNB8z9PE_nkivtsf1pi7agbptfqs7ypamkmefbh7kd6xumjge61uybxqelsfst4a1ksrt.jpg)
![](https://jwalasandesh.com/wp-content/uploads/2020/04/health-ministery-press-meet.jpg)
काठमाडौं वैशाख १० गते । बुधबार तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा तीनजनामा कोरोना पोजिटिभ देखिएको हो ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २४, ६० र ७२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । संक्रमण पुष्टि भएपछि क्वारेन्टाइनमा रहेका उनीहरुलाई अस्पताल ल्याउने तयारी भइरहेको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । सातजना भने डिस्चार्ज भएका छन् । अन्य सबैको विभिन्न अस्पतालमा उपचार भइराखेको छ
प्रतिक्रिया