राष्ट्रपतिबाट दुवै अध्यादेश खारेज

राष्ट्रपतिबाट दुवै अध्यादेश खारेज

काठमाडौं वैशाख १२ गते :  सबैतिरबाट चर्को विरोध र आलोचनापछि मन्त्रिपरिषद्लले फिर्ता लिएका राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धित दुवै अध्यादेश खारेज भएका छन्।शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले दल विभाजनलाई खुकुलो पार्ने  र संवैधानिक परिषदमा प्रतिपक्षको भूमिकालाई निषेध गर्ने अध्यादेश फिर्ता लिने निर्णय गरे लगत्तै राष्ट्रपतिले दुवै अध्यादेश खारेज गरेकी हुन् । 

राष्ट्रपति भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ खारेज गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए ।  सरकारको निर्णयको आधारमा राष्ट्रपतिले अध्यादेश खारेज गर्ने संवैधानिक व्यवस्था छ । दुवै अध्यादेशको पार्टीभित्रै र नागरिक स्तरबाट चर्को आलोचना भएको थियो।  

प्रतिक्रिया