गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

दैलेख वैशाख १३ गते । जिल्लाका विभिन्न स्थानीय तहमा प्राप्त स्वास्थ्य सामग्री नहुँदा कोरोना परीक्षण तथा सुरक्षामा समस्या देखिएको छ । यही समस्यालाई मध्यनजर गर्दै काठमाडौंबाट जिल्लाका एक गाउँपालिकाका लागि स्वास्थ्य सामग्रीको व्यवस्थापन मिलाइएको छ । जिल्लाको डुङ्गेश्वर गाउँपालिकालाई व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) लगाएतका स्वास्थ्य सामग्री उपलब्ध गराइएको हो ।  

सुरक्षा सामग्री बिना स्वास्थ्यकर्मीले काम गरिरहेका बेला मिर्मिरे युवा समाज सिनामंगल काठमाडौंले गाउँपालिकालाई ३५ सेट पीपीई प्रदान गरेको हो । गाउँपालिकाका ६ वटै वडामा रहेका स्वास्थ्य चौकीहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई वितरण गर्ने गरी पीपीई सेट लगाएत स्वास्थ्य सामग्री प्रदान गरिएको समाजका सचिव चेतन न्यौपानेले बताए ।  कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री उपलब्ध गराएको न्यौपानेले बताए । 

समाजले पीपीईसहित ६ हजार थान सर्जिकल मास्क, पाँच हजार पीस ग्लोब्स, ६० लिटर ह्यान्डवास, ३० थान फेस कभर गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्ललाई हस्तान्तरण गरेको छ । त्यसैगरि दुई थान तापक्रम थाहा पाउनका लागि प्रयोग गरिने थर्मल गन प्रदान गरिएको छ । विभिन्न दाताहरुबाट संकलन गरेर गाउँपालिका अन्तरगर्तका स्वास्थ्य चौकीहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको समाजले जनाएको छ ।

प्रतिक्रिया