झापामा अर्को एक जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ५२ पुग्यो

झापामा अर्को एक जनामा कोरोना पुष्टि :  संक्रमितको संख्या ५२ पुग्यो

काठमाडौं वैशाख १४ गते : आइतबार झापाका ५० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार कोशी अस्पताल, विराटनगरमा भएको परीषणको नतिजा अनुसार झापाका पुरुष्मा कोरोना पोजिटिभ देखिएको हो । 

सामान्य स्वास्थ्य अवस्था रहेका उनी अहिले एक निजी अस्पतालमा छन् । यसअघि झापाको दमकका एकजनामा संक्रमण देखिएको थियो । उनको कोशी अस्पताल विराटनगरमा उपचार भइराखेको छ । झापामा एक जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ५२ पुगेको छ । १६ जना भने डिस्चार्ज भएका छन् । 

पीसीआर विधिबाट ९ हजार ९ सय ३१  र आरडीटी ४१ हजार ४ सय ३६ जना गरेर ५१ हजारमा गरी अहिलेसम्म ५१ हजार तीन सय ६७ नमुना परीक्षण गर्दा भएका छन्।  पछिल्लो २४ घन्टामा दुई हजार ९६ जनाको नमुना परीक्षण भएको थियो । आइतबार नै वीरगञ्जका दुईजनामा कोरोना देखिएको थियो ।वीरगन्ज महानगर वडा नम्बर २ र ३ का दुई पुरुषमा पीसीआर परीक्षणका क्रममा पोजिटिभ देखिएको हो।  

प्रतिक्रिया