गृहको निर्देशन : पासबिनाका गाडी कडाइका साथ रोक

गृहको निर्देशन : पासबिनाका गाडी कडाइका साथ रोक

काठमाडौं वैशाख १५ गते : लकडाउनलाई थप कडा पार्न गृह मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको छ ।  मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई सोमबार परिपत्र गर्दै पासविनाका कुनै पनि सवारी साधन आवतजावतमा रोक लगाउन निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ । बीच बाटामा पुगेका र विचल्लीमा परेका मजदूर र सर्वसाधारणलाई उद्धारका लागि साँझको समयमा केही दिन सवारी सञ्चालनमा अनौपचारिकरुपमा खुकुलो गराइएकाले अधिकांशको उद्धार भइसकेको गृह मन्त्रालयको ठहर छ ।

त्यसैले मन्त्रालयले सोमबारदेखि पासविनाका सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाउन भनेको हो । हुलमूलका साथ सवारी साधनमा यात्रा गर्दा कोभिड- १९ सङ्क्रमण भएर थप जटिलता निम्त्याउनसक्ने खतरालाई ध्यानमा राखेर उक्त निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।  लकडाउनलाई सरकारले वैशाख २५ गतेसम्म लम्ब्याएको छ । अहिलेसम्म मुलुकमा ५२ जनामा कोभिड-१९ सङ्क्रमण पुष्टि भइसकेको छ ।१६ जना स्वास्थ्य लाभ गरी घर फर्किसकेका छन्।

प्रतिक्रिया