कोरोना अपडेट : दैलेखमा ७४२ जनाको कोरोना रिपोर्ट नेगेटिभ

कोरोना अपडेट : दैलेखमा ७४२ जनाको कोरोना रिपोर्ट नेगेटिभ

दैलेख वैशाख १५ गते । दैलेखका ७ सय ५१ जनामा गरिएको कोरोना परीक्षणमा ७ सय ४२ जनाको रिर्पोट नेगेटिभ देखिएको छ । भारत लगाएत तेस्रो मुलुक र नेपालकै अन्य जिल्लाबाट आएका मध्ये ७ सय ५१ जनाको कोरोना भाइरसको परीक्षण गरिएको हो ।
जिल्लाका विभिन्न स्थानीय तहमा स्वास्थ्यकर्मी सहितको टोलीले पीसीआर र आरडीटी प्रविधि मार्फत नमुना संकलन तथा परीक्षण गरेका हुन् । तीमध्ये ९८ जनाको पीसीआर प्रविधिद्धारा कोरोना परीक्षण गरिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत तथा कोभिड–१९ का फोकल पर्सन थीरप्रसाद रेग्मीले बताए । त्यस मध्ये ८९ जनाको रिर्पोट नेगेटिभ आएको छ । ९ जनाको रिर्पोट आउन बाँकी रहेको रेग्मीले बताए । यस्तै ६ सय ५३ जनाको आरडीटी प्रविधिद्धारा कोरोना परीक्षण गरिएको रेग्मीले बताए । यी सबैको रिर्पोट नेगेटिभ आएको छ ।

प्रतिक्रिया