वामदेवलाई प्रधानमन्त्री र माधवलाई पार्टी अध्यक्ष बनाउने ओलीको प्रस्ताव

वामदेवलाई प्रधानमन्त्री र माधवलाई पार्टी अध्यक्ष बनाउने ओलीको प्रस्ताव

काठमाडौँ वैशाख १८ गते । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्रीको राजीनामाको कुरा उठेपछि कोरोना संक्रमण सकिएपछि आफूले राजीनामा दिने र उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका हुन् ।

कुनै ठाउँबाट चुनाव लडाएर वा संविधान संशोधन गरी राष्ट्रिय सभामार्फत पनि गौतमलाई प्रधानमन्त्री बनाउन सकिने प्रस्ताव ओलीले गरेका थिए ।यस्तै पार्टीमा तीन अध्यक्ष राख्ने र माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव गरेको एक सचिवालय सदस्यले बताए । नेकपामा अहिले ओली र पुष्पकमल दाहाल अध्यक्ष छन् ।

ओलीको यो प्रस्तावलाई अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल, नेपाललगायतका नेताले सत्ता लम्बाउने खेलको रुपमा बुझेको आफू निकटका नेताहरुलाई ब्रिफिङ गरेका छन् ।यद्यपि यसबारे थप निर्णय स्थायी कमिटीको बैठकबाट हुने भएको छ । २० गते बस्ने सचिवालय बैठकले स्थायी कमिटीको बैठक तय गर्ने भएको छ ।

प्रतिक्रिया