तत्काल कक्षा १ देखि ९ सम्मको नतिजा प्रकाशन गर्न निर्देशन

तत्काल कक्षा १ देखि ९ सम्मको नतिजा प्रकाशन गर्न निर्देशन

हेटौंडा वैशाख १८ गते : बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले स्थानीय तहसँगको समन्वयमा कक्षा १ देखि ९ सम्मको रोकिएको वार्षिक परीक्षाको नतिजा तत्काल  प्रकाशन गर्ने ब्यवस्था मिलाउन सम्बन्धित विद्यालयहरुलाई निर्देशन दिएको छ ।

मन्त्रालयले नजिता प्रकाशन पश्चात सामाजिक दुरी कायम गरेर उपयुक्त बैकल्पिक माध्यमबाट विद्यार्थी भर्नाको ब्यवस्था गर्न पनि विद्यालयहरुलाई मन्त्रालयले निर्देशन दिएको छ । साथै विद्यार्थी भर्नापछि पाठ्यपुस्तक विद्यार्थीलाई उपलब्ध गराउन मन्त्रालयले सहजीकरण गर्ने सामाजिक विकास मन्त्री युवराज दुलालले बताए । 

बन्दाबन्दीको समयसम्म घरमै बसेर विद्यार्थीले अध्ययन गर्ने वातावरण निर्माणको लागि दुरशिक्षा कार्यक्रम, अनलाइन र अफलाइन सिकाइका अवसरहरुमा बालबालिकालाई सहभागी गराउन उनले आग्रह गरेको छ । 

प्रतिक्रिया