भारतमा थप दुई साता लकडाउन लम्बियो

भारतमा थप दुई साता लकडाउन लम्बियो

काठमाडौँ वैशाख १९ गते । भारत सरकारले लकडाउन थप दुई साता लम्ब्याएको छ । भारतको गृह मन्त्रालयले शुक्रबार लकडाउन थप दुई साता बढाउने निर्णय गरेको हो ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मार्च २४ तारिखका दिन लकडाउन मे ३ सम्मका लागि लकडाउन घोषणा गरेका थिए । योसँगै भारतमा मे १७सम्म लकडाउने हुने भएको छ ।

लकडाउन लम्बाइएपनि पहिले जस्तो कडा नहुने गृह मन्त्रालयले जनाएको छ । कोरोना संक्रमण देखिएको ठाउँमा कडा हुने अन्य क्षेत्रहरुमा लकडाउन केही खुकुलो हुने भारतको गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।लकडाउन कडा बनाउने या खुकुलो बनाउने भन्ने विषयमा सम्बन्धित जिल्लाहरुमा देखिएको कोरोना संक्रमितका बिरामीहरुको आधारमा गरिने भारत सरकारले जनाएको छ ।

भारतले कोरोना जोखिमलाई हेरेर जिल्लाहरुलाई हरियो,रातो र सुन्तला रंगमा वर्गीकरण गरेको छ । कोरोना संक्रमित नभेटिएका,२१ दिनयता कसैमा पनि संक्रमण नदेखिएको जिल्लालाई हरियोमा वर्गीकरण गरेको छ । यस्तै,संक्रमितहरु देखिएको जिल्लालाई रातोमा वर्गीकरण गरिएको छ । यस्तै हरियो वा रातोमा वर्गीकरण नगरिएका जिल्लालाई सुन्तला रंगमा वर्गीकरण गरिएको छ ।

भारतको गृह मन्त्रालयले जिल्लाको वर्गीकरण हरेक हप्ता गरिरहेको जनाएको छ । यसैको आधारमा लकडाउन खुकुलो,प्रभावकारी बनाउने विषयमा गृह मन्त्रालयले निर्धारण गर्ने बताइएको छ । शुक्रबार साँझसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३५ हजार ४३ पुगेको छ भने एक हजार १ सय ५४ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमण पुष्टि भएकामध्ये ९ हजार ६८ जना निको भएका छन् ।

प्रतिक्रिया