पलाता गाउँपालिकामा स्वास्थ्य सामग्री सहयोग

पलाता गाउँपालिकामा स्वास्थ्य सामग्री सहयोग

दैलेख वैशाख २० गते ।
कालिकोटको पलाता गाउँपालिकामा रहेका विभिन्न निकायहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । गाउँपालिका भित्र रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगाएतलाई स्वास्थ्य सामग्रीको व्यवस्थापन मिलाईएको छ । व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) लगाएतका स्वास्थ्य सामग्री उपलब्ध गराईएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका सहायक निर्देशक दुर्गा गिरीले जानकारी दिइन् ।


एईआएन लक्जेम्बर्गको आर्थीक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले स्वास्थ्य सामग्री प्रदान गरेको हो । पलाता गाउँपालिका र पलाता युवा सञ्जालको समन्वयमा स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरिएको सहायक निर्देशक गिरीले बताइन् । उनका अनुसार पलाता गाउँपालिका रहेका स्वास्थ्य इकाई, स्वास्थ्य चौकी, प्रहरी चौकी, वडा नम्बर १ देखि ९ सम्मको कार्यदल, एफएम, गाउँपालिकाका महिला, बालबालिका तथा युवा गरी ६ हजार मास्क, १ सय ५० बोतल ह्यान्ड सेनीटाइजर र ५० पीस ग्लोब्स हस्तान्तरण गरिएको छ । त्यसैगरी दुई सेट पीपीई प्रदान गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री उपलब्ध गराइएको सहायक निर्देशक गिरीले बताइन् ।

प्रतिक्रिया