नेपालगञ्जका थप ६ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ७५ पुग्यो

          |   प्रकाशित मितिः आइतवार, बैशाख २१, २०७७     ::: 86 पटक पढिएको   |  

काठमाडौं : बाँकेको नेपालगन्जमा एकै दिन १५ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार साँझ ६ जनाको पीसीआर  विधिबाट भएको स्वाब परीक्षण रिपोर्ट पोजिटिभ आएको हो ।  स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार आइतबार साँझ नेपालगन्जका १६, २१, ३४ वर्षीय पुरुष र ४०, ५५ र ६० वर्षीया महिलामा कोरोना पोजिटिभ देखिएको हो । उनीहरु सबैको भेरी अस्पताल, नेपालगन्जको प्रयोगशालामा स्वाब परीक्षण गरिएको थियो । 

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा आइतबार दिउँसो मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बाँकेको नेपालगन्जमा पाँच पुरुष र चार महिला गरेर ९ जनाका कोरोना पोजिटिभ देखिएको जानकारी गराएका थिए । यो सँगै  नेपालगन्जमा एक्कै दिन १५ जनामा काेरोना पाेजिटिभ देखिएको छ ।  नयाँ  संक्रमित  थपिसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । १६ जना भने निको भएका छन् । 

मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट १३ हजार चार सय १४  र आरडीटी विधिबाट ५९ हजार ६ सय ८९ नमुना परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा एक हजार ८ सय ७९ जनाको नमुना परीक्षण भएको छ। प्रवक्ता देवकोटाका अनुसार अहिले २१ हजार ९ सय बढी क्वारेन्टाइनमा छन्।  आइसोलेसनमा उपत्यकामा ४ र बाहिर ७३ गरेर ७७ जनाको उपचार भइराखेको छ। 



Leave a comment

Your email address will not be published.


*